इजाजतविनै चलेका छन् वीरगन्जका अधिकांश मासु पसल

चैत्र १, २०८१

शंकर आचार्य

Most of the meat shops in Birgunj are operating without a license

पर्सा — होली पर्वलाई लक्षित गर्दै बिहीबार वीरगन्जस्थित मासु पसलहरूमा प्रशासनले अनुगमन गर्दा ५० प्रतिशत बढी पसल इजाजतविनै संचालनमा रहेको पाइएको छ।

मासु व्यवसायीहरूले आफूखुशी मूल्य बढाएर बिक्री वितरण गरेको व्यापक जनगुनासो पछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बिहीबार संयुक्त बजार अनुगमन टोलीले वीरगंजका मासु पसलको अनुगमन गरेको हो।  

सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गौतमको नेतृत्वमा गरिएको स्थलगत अनुगमनको क्रममा ५० प्रतिशत भन्दा बढी मासु पसल इजाजत विना सञ्चालनमा रहेको पाइएको छ । त्यसैगरी, अधिकांश मासु पसलले मूल्यसूची नराखेको समेत पाइएको छ । 

अनुगमन टोलीले मुर्लीचोक, राधेमाई, चण्डाल चोक, रामगढवा, छपकैया लगायतका स्थानमा सन्चालित ९ वटा मासु पसलको अनुगमन गरेको थियो । मासु पसललाई जथाभावी रुपमा मूल्य नबढाउन, अनिवार्य रुपमा मूल्यसूची राख्न, स्वच्छ र स्वस्थ मासु बिक्री वितरण गर्न, ईजाजतबिना सञ्चालनमा रहेका मासु पसललाई ७ दिनभित्र इजाजतपत्र लिई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully