रेल्वे सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले यौन दुर्व्यवहार गरेको आरोप

चैत्र १, २०८१

सन्तोष सिंह

Allegation of sexual abuse by the armed police assigned to guard the railway

धनुषा — महोत्तरीको लोहारपट्टीमा रेल्वे सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले स्थानीय किशोरीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । लोहारपट्टी–४ पिपराडीस्थित रेल्वे सुरक्षा बेसक्याम्पका सहायक सशस्त्र प्रहरी नायब निरीरक्षक धर्वेन्द्र महतोले स्थानीय किशोरीलाई दुर्व्यहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शुक्रबार बिहान ९ बजे किशोरीलाई सहायक सशस्त्र प्रहरी निरीक्षक महतोले किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा रेल्वे सरक्षा बेसक्याम्प स्थानीयले घेराउ गरेको थियो । स्थानीयले बेसक्याम्प घेराउ गरेपछि महतोलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक पूर्णचन्द भट्टले बताए ।

किशोरीलाई दुर्व्यवहार गरेको आरोप लागेका सशस्त्र प्रहरी सहायक निरीक्षक महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully