धनुषा — महोत्तरीको व्यापारिक केन्द्र गौशाला बजारको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइरहेको पक्की घर भत्काइएको छ ।
गौशाला नगरपालिका वडा नं. ५ को कित्ता नं. ११५ अतिक्रमण सम्बन्धमा जिल्ला प्रशासन कार्यालय र गौशाला नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरी पक्की घर निर्माण भइरहेको उजुरी परेको थियो ।
साविक शिवभाक्तिखोर गाविस वडा नम्बर-१ हाल गौशाला-५ को कित्ता नं. ११५ नेपाल सरकारकै नाममा रहेकोले उक्त जग्गामा निर्माण हुँदै गरेको पक्की संरचना निर्माण हुने सामग्री हटाउन गौशाला नगरपालिकाकी उपप्रमुख रेनुकुमारी महतोले फागुन २२ गते सूचना प्रकाशित गरेकी थिइन् ।
