पर्सा — प्रहरीले वीरगन्जबाट शनिबार राति लागुऔषध चरेससहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–२ का २३ वर्षीय लडु राम, पर्सा बिन्दवासिनी–३ का ३५ वर्षीय सरोज साह र वीरगन्ज–११ का २३ वर्षीय रवि चौधरी छन् ।
प्रहरी चौकी भिष्वा डाँडाबाट खटिएको प्रहरी टोलीले वीरगन्ज–१५ ब्रहमचोकस्थित उनीहरुले संयुक्त भाडामा लिई बसेको घरकोठाको खानतलासी गर्दा चरेस बरामद गरेको थियो । कोठामा लुकाइराखेको अवस्थामा पहेँलो प्लास्टिकभित्र १५ वटा पोकामा ६ किलो ५ सय ९० ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ ।
तीनै जनालाई नियन्त्रणमा लिई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिमको कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी सुवास भट्टले जानकारी दिए ।
