नक्कली प्रहरी बनेर रकम ठगी गर्ने पक्राउ 

फाल्गुन २४, २०८१

शिव पुरी

Arrested for defrauding money by pretending to be a fake policeman

रौतहट — रौतहटको गरुडा नगरपालिका-८ बिर्ताचोकमा 'घुमुवा प्रहरी हुँ' भन्दै स्थानीयसँग रकम असुलेको आरोपमा प्रहरीले शनिबार एकजनालाई पक्राउ गरेको छ ।

बिर्ता घर भएका ४४ वर्षीय शेख सदरे आलमलाई बिर्ताचौकीबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरीका डीएसपी दिपककुमार रायले जानकारी दिए । आलमले किसानको मलखाद रोकेर जिल्ला प्रहरीको घुमुवा हुँ भन्दै रकम माग्ने गरेको सूचना पाएपछि पक्राउ गरिएको डीएसपी रायले बताए । ‘आलमले कहिलेदेखि प्रहरीको घुमुवा भनेर ठग्ने गरेको भन्ने अनुसन्धानपछि थाहा हुन्छ,' उनले भने,‘हामीले सोधपुछ थालेका छौं । ठगी गर्नुको कारण पनि खुल्छ ।’ 

आलमले डरत्रास देखाएर रकम असुल्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीले आलमलाई हिरासतमा राखेर सोधपुछ थालेको जनाएको छ । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully