भिट्ठामोडमा सुक्खा बन्दरगाह निर्माण आवश्यक : अध्यक्ष दाहाल

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Need to build dry port at Bhithamod: Chairman Dahal

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महोत्तरीको भिट्ठामोडमा सुक्खा बन्दरगाह निर्माण गर्न आवश्यक रहेको बताएका छन्। भारतीय सिमाना नजिक बनाइने प्रस्तावित सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकनपछि जलेश्वर उद्योग वाणिज्य संघले बिहीबार भिट्ठामोडमा गरेको छलफलमा उनले यस्तो बताएका हुन् ।

माओवादीको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको एउटा उद्देश्य सीमा क्षेत्रका जनताको अवस्था बुझ्ने र विकास निर्माणका काम अघि बढाउने अध्यक्ष दाहालको भनाइ छ । 

सुख्खा बन्दरगाह निर्माणका विषयमा जलेश्वर उद्योग वाणिज्य सङ्घले अध्यक्ष दाहाललाई ज्ञापनपत्र बुझाएको थियो । कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकका सामान आयात निर्यात गर्न जलेश्वर भन्सारबाट एकतर्फी २२५ किलोमिटर मात्रै रहेको जानकारी गराउँदै संघका अध्यक्ष शिवचन्द्र चौधरीले यो बन्दरगाह मधेसका सबै जिल्लालाई पायक पर्ने स्थानमा रहेको बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully