धमिनी खोलामा कजवे निर्माण भएपछि स्थानीयलाई सहज

फाल्गुन २०, २०८१

विनय आजाद

After the construction of the causeway in Dhamini river, it is easy for the locals

सिरहा — सिरहाको गोलबजार नगरपालिका–३ स्थित धमिनी खोलामा कजवे निर्माण भएको छ । नगरपालिकाले श्रम-प्रधान सार्वजनिक निर्माण कार्य विकास कार्यक्रमको सहयोगमा खोलामा कजवे निर्माण गरेको हो ।

नगरपालिकाका अनुसार, कजवे निर्माणमा १५ लाख रुपैयाँ खर्च भएको छ । उपभोक्ता समितिमार्फत बनेको यो पुलको निर्माण कार्यमा स्थानीयले श्रमदान गरेका थिए । पुलको निर्माण १८-२० दिनमै सम्पन्न भएको स्थानीय नरबहादुर आलेले बताए ।

After the construction of the causeway in Dhamini river, it is easy for the localsयो खोलामा पुल नहुँदा लामो समयदेखि स्थानीयले सास्ती खेप्दै आएका थिए । 'हामीलाई अनागरिक जस्तो महसुस हुन्थ्यो,' आले सुनाउँछन्, 'हामीले वर्षायाममा बाढी आउँदा गाउँमै थुनिएको अवस्थाहरू भोग्नुपर्‍यो ।'

तर, खोलामा पुल निर्माण भएसँगै अब गोलामुक्सारका स्थानीयलाई सहज भएको छ । गोलामुक्सारमा जम्मा एक सय हाराहारी घरपरिवारको बसोबास रहेको गोलबजारका नगर प्रमुख श्यामकुमार श्रेष्ठले बताए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully