रौतहट — रौतहटको चन्द्रनिगाहपुरबाट आइतबार प्रहरीले अवैध सालको काठसहित दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको गस्ती टोलीले दुई जनालाई पक्राउ गरेको हो । चन्द्रपुर नगरपालिका–४ बाट वर्ष ३२ का जयकिशोर कुमार र वर्ष ४० को सनिचर धामी पक्राउ परेको ईलाका प्रहरीका डीएसपी राजकुमार राईले जानकारी दिए । ४ वटा साइकलमा लोड गरी लुकाई चिडया दहबाट चपुर बजारतर्फ लैजाँदै गरेको अवस्थामा सालको काठको गोलिया २१ क्युफिट, साइकल ४ थान बरामद गरेको थियो ।
साइकल र काठ कारबाहीको लागि इलाका प्रहरीले डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको वन प्रमुख हेमन्त साहले जानकारी दिए ।
