पुन:स्थापना केन्द्रमा कुटपिटबाट १ को मृत्यु, आरोपित ७ जना पक्राउ

फाल्गुन २, २०८१

लक्ष्मी साह

1 dead due to beating in rehabilitation center, 7 accused arrested

बारा — कलैयास्थित नव जन्म पुन:स्थापना केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । केन्द्रमा रहेका कलैया-९ का ३७ वर्षीय धीरेन्द्र भन्ने प्रदीपप्रसाद मण्डलको बिहीबार मध्यरातमा कुटपिटबाट मृत्यु भएको प्रहरी उपरीक्षक सन्तोष तामाङले बताए ।  मण्डल १५ दिनअघि केन्द्रमा भर्ना भएका थिए । 

कुटपिट गरिरहेको सीसीटीभीको फुटेज भाइरल भएको छ । मण्डललाई सामूहिक कुटपिट गरिएको दृश्य देखिन्छ ।

शव कलैया प्रादेशिक अस्पतालमा परीक्षण गरी परिवारको जिम्मा लगाइएको छ । अनुशासन भंग गरेको निहुँमा केन्द्रका सञ्चालकसहित परामर्शदाताले कुटपिट गरेको उनले बताए ।

पुन:स्थापना केन्द्रका सञ्चालक कलैया-३ का साहेबाबु मंसुर हुन् । केन्द्रको रेखदेख भने उनका भाइ २९ वर्षीय तमन्ना अलीले गर्दै आएका छन् । उनी नेविसंघ क्षेत्र नम्बर ३ का सभापति हुन् । उनीसहित सात जना पक्राउ परेको

प्रहरी उपरीक्षक तामाङले बताए ।  पक्राउ पर्नेहरु कलैया-३ कै १९ वर्षीय सरफराज मंसुरी, वडा ४ का २२ वर्षीय निज सर्रारा, वडा ६ का २० वर्षीय महम्मद आँसु मियाँ, वडा १ का २४ वर्षीय अरूण सर्राफ, १९ वर्षीय सागर गुप्ता  वडा २ का २१ वर्षीय परमेश्वर साह छन् ।

लक्ष्मी साह साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully