बलात्कारको आरोपमा एक जना पक्राउ

माघ २५, २०८१

विनय आजाद

One person was arrested on the charge of rape

सिरहा — सिरहामा जबरजस्ती करणी र विद्युतीय कारोबार मुद्दामा एक जना पक्राउ परेका छन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिका-४ का ३१ वर्षीय विश्वराज राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी नेपाल विद्युत् प्राधिकरण, सिरहामा कार्यरत कर्मचारी पनि हुन् । उनलाई बिहीबार सिरहास्थित हेमनारायण चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट जबरजस्ती करणी एवं विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । 

आवश्यक कारबाहीका लागि उनलाई काठमाडौंस्थित साइबर ब्यूरोमा पठाइएको सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले बताए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully