फेरि आन्दोलन गर्दै मिटरब्याजपीडित 

माघ १०, २०८१

विनय आजाद

Protesting again, metered victims

सिरहा — मिटरब्याज पीडितहरू फेरि आन्दोलित हुने भएका छन् । सरकारले मिटरब्याज पीडितलाई ठग्ने काममात्रै गरेको भन्दै उनीहरू फेरि आन्दोलित हुन लागेका हुन् । उनीहरूले आउँदो १४ गतेदेखि जनकपुरबाट चरणबद्ध आन्दोलन थाल्दैछन् । 

जनकपुरमा प्रदर्शनपछि सोही दिन आन्दोलनका थप कार्यक्रमहरू तय गरिने मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपालले जनाएको छ । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपालका महासचिव मनोजकुमार पासवानका अनुसार, जनकपुरमा प्रदर्शनपश्चात् वीरगन्ज, राजविराज, विराटनगरलगायतका मधेशका ठूला सहरहरू र त्यससँगै अन्य स्थानहरूमा पनि आन्दोलनका कार्यक्रम गरिनेछ ।

स्थानीयस्तरको आन्दोलनको आवाजलाई सरकारले नसुने फेरि पीडितहरूलाई लिएर काठमाडौं जाने योजना पनि आफूहरूको रहेको पासवानले बताए । सरकारले मिटरब्याज पीडितका मुद्दालाई गम्भीरतापूर्वक नलिएकाले पुनः सडकमै जान लागेको उनको भनाइ छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully