नक्कली पेस्तोल देखाएर पैसा असुल्ने भारतीय पक्राउ

माघ ९, २०८१

शिव पुरी

Indian arrested for extorting money by showing fake pistol

रौतहट — रौतहटको ईशनाथ नगरपालिकास्थित सीमावर्ती इलाकामा नक्कली पेस्तोल देखाएर सर्वसाधारणसित पैसा असुलेको आरोपमा रौतहट प्रहरीले एक भारतीयलाई पक्राउ गरेको छ । 

सोमबार राति पक्राउ परेका भारतीयलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । भारत बिहार मोतीहारी जिल्ला खडुही ग्राम पञ्चायत-४ का अब्दुल कलामले नक्कली पेस्तोल देखाएर सिमावर्ती गाउँका स्थानीयलाई ठगेको हुनाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गौरका सहप्रवक्ता एवं प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिएका छन् ।  

भारतीय सीमासँग जोडिएको ईशनाथ-४ मठीयागाउँ छेउमा भारतीय नागरिक कलामले सोमबार राति नक्कली खेलौना पेस्तोल देखाएर सर्वसाधारणसँग पैसा मागिरहेको सूचनाको आधारमा प्रहरी चौकी मठीयाले पक्राउ गरेको जिल्ला प्रहरीले जनायो । पक्राउ परेका कलाममाथि मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रनि महतोले बताए । 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully