सिरहाबाट पेस्तोल र नकसहित दुई युवक पक्राउ 

माघ ८, २०८१

विनय आजाद

Two youths were arrested from Siraha with a pistol and a knife

सिरहा — सिरहाबाट पेस्तोल र नकसहित दुई युवक पक्राउ परेका छन् । सिरहा प्रहरीले सोमबार गोलबजार-११, बल्कवास्थित मैनावत्ती खोलाबाट पेस्तोल र नकसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलबजार नगरपालिका-१२ बेतौनाका १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षीय विष्णु महतो छन् । 

मैनाबत्ती खोलामा लागेको भब्री मेलामा युवाहरूको दुई समूहबीच विवाद भएको थियो । यसपछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय, गोलबजारको प्रहरी टोलीले साँझ साढे ८ बजेको समयमा उनीहरूलाई जाँच गर्दा पेस्तोल र नक बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

उनीहरू दुबैलाई हातहतियारसम्बन्धी कसुरमा जिल्ला अदालत सिरहाबाट थप गरी अनुसन्धान कार्य भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully