बारामा जमुनी खोलामा बालिकाको शव फेला 

माघ ५, २०८१

लक्ष्मी साह

Girl's body found in Jamuni river in Bara

बारा — पचरौता नगरपालिका-९ कुडवा गाउँस्थित जमुनी खोलामा शनिबार पहिचान नखुलेको पाँच वर्षीय बालिकाको शव फेला परेको छ ।

खोलामा भेटिएको शव कलैया प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । 

शव पहिचान खुलाउन प्रहरीले पालिकाहरूलाई अनुरोध गरेको छ ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully