कान्तिपुरकर्मी श्रेष्ठलाई स्व. गोपाल गिरी पुरस्कार

माघ १, २०८१

भूषण यादव

Kantipurkarmi Shrestha. Gopal Giri Award

वीरगन्ज — स्व.गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार पंकज श्रेष्ठले प्राप्त गरेका छन् । कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन श्रेष्ठलाई नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा मंगलबार एक कार्यक्रमका बीच ५१ हजार रुपैयाँ पुरस्कार राशि प्रदान गरिएको हो ।

पर्सा शाखाका पूर्वअध्यक्ष तथा वीरगन्जका पूर्वमेयर गिरीको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो । 

मधेश प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले पत्रकार श्रेष्ठलाई दोसल्ला ओढाएर कदरपत्रसहित पुरस्कार राशि प्रदान गरेका थिए । २०४७ सालमा गिरी पत्रकार महासंघ पर्साको अध्यक्ष बनेका थिए । तत्कालीन वीरगन्ज महानगरपालिकाको मेयर हुँदा २०६० माघ १ मा तत्कालीन माओवादीले गिरीको हत्या गरेका थिए ।

उक्त पुरस्कारबाट यसअघि पर्साका पत्रकार बृजलाल पासवान, शत्रुघन नेपाल, ध्रुव साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी र गया यादव पुरस्कृत भएका छन् । 

शाखा अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षता तथा कृषिमन्त्री क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, स्व.गिरीका छोरा गिरीश गिरी लगायतको उपस्थिति थियो ।

भूषण यादव

Link copied successfully