बढ्दो जाडोका कारण वीगन्जका विद्यालय बन्द

पुस २३, २०८१

भूषण यादव

Schools in Viganj closed due to growing winter

वीरगन्ज — बढ्दो जाडोका कारण वीरगन्ज महानगरपालिका मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा ३ दिन बिदा दिइएको छ ।

वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखाले मंगलबार बढ्दो जाडोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै पुस २४ देखि २६ गतेसम्म बिदा दिएको हो । 

बर्खेर् बिदाबाट कट्टा हुने गरी तीन दिनका लागि विद्यालयको प्रशासनिक कार्य सुचारु गर्ने गरी विद्यार्थीलाई गृहकार्य दिई घरमा अध्ययन गर्ने वातावरण मिलाई विद्यालयमा पठनपाठनसम्बन्धी कार्य स्थगित गर्न सूचना जारी गरिएको शिक्षा महाशाखाका अधिकृत हरि राउतले बताए । 

शीतलहर र हुस्सुले यहाँको जनजीवन प्रभावित बनेको छ । जाडो बढेसँगै ज्येष्ठ नागरिक र बालबालिकाहरू बढी प्रभावित भएका छन् । चिसोबाट जोगाउन वीरगन्ज महानगरपालिकाले सहरका विभिन्न चोकमा दाउरा बाल्ने प्रबन्ध पनि मिलाएको छ ।

भूषण

Link copied successfully