हरिवनमा हत्या गरी गाडिएको अवस्थामा व्यवसायीको शव फेला

पुस २०, २०८१

ओमप्रकाश ठाकुर

A businessman's body was found after being murdered and buried in Hariwan

सर्लाही — सर्लाहीको हरिवनमा हत्या गरी उखुबारीमा गाडिएको अवस्थामा इँटा व्यवसायीको शव बरामद भएको छ । हरिवन नगरपालिका–१० इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

पारिवारिक स्रोतका अनुसार व्यवसायी प्रसाईं यही पुस १५ गते बिहान बरहथवा नगरपालिका–९ मूर्तियाबाट पैसा लिएर आउँछु भनी घरबाट निक्लेका थिए ।

अबेर रातिसम्म प्रसाईं घर नफिरेपछि प्रहरीमा खबर गरेका थिए । त्यसलगतै स्थानीय र प्रहरी निरन्तर प्रसाईंको खोजी गरिरहेका थिए । खोजी गर्ने क्रममा शनिबार घर नजिकैको उखुबारीमा हत्या गरेर गाडेको अवस्थामा प्रसाईंको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीले प्रसाईंको हत्यामा संलग्न रहेको आशंकामा स्थानीय एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । तर युवकको नाम भने प्रहरीले खुलाएको छैन । मृतक प्रसाईंको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारले बुझेर हरिवन ल्याइसकेका छन् ।

ओमप्रकाश ठाकुर

Link copied successfully