सहमति कार्यान्वयन नभएको भन्दै लघुवित्त पीडित पुन: आन्दोलित

पुस १८, २०८१

सुनिता बराल

Microfinance victims protested again saying that the agreement was not implemented

महोत्तरी — सरकार र लघुवित्त संघर्ष समितिबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै महोत्तरीमा पुन: लघुवित्त संघर्ष समिति आन्दोलनमा उत्रिएको छ ।

सहमति लत्याउँदै लघुवित्त संस्थाहरुले ऋणीलाई पुन: दबाब दिँदै धितो लिलाम गर्न थालेको भन्दै आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको लघुवित्त तथा वित्तीय संघीय समिति महोत्तरीकी अध्यक्ष शिलम यादवले बताइन् ।

जिल्लाका १ हजार लघुवित्त पीडितलाई पालैपालो धितो लिलामको चिठी आउन थालेको र लघुवित्तका कर्मचारी घरमै गएर दबाब दिन थालेको गुनासो बढ्दै गएको उनले बताइन् । 

गत चैतमा सरकार र लघुवित्त संघर्ष समितिबीच भएको सहमतिमा ऋणीहरुको साँवा ब्याज, शुल्क, जरिवाना, कालोसूची एवं धितो फुकुवा, पीडितको पुन:स्थापना तथा कर्जा भुक्तानी गर्ने कुनै आधार नभएका (घाइते, अपांग, दीर्घ रोगी) वास्तविक पीडितहरुको कर्जा मिनाहा लगायतका विषयमा स्थलगत अध्ययन गरी समाधानका विकल्पसहित काम सुरु गरेको ६० दिनभित्र प्रतिवेदन पेस गर्न सम्बन्धित क्षेत्रका विज्ञ र आन्दोलनरत पक्षका तीन जना प्रतिनिधि समेतको सहभागितामा कार्यदल गठन गर्ने र समाधान गर्ने उल्लेख थियो । 

सुनिता बराल बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully