उखु बोकेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्युु 

पुस १६, २०८१

ओमप्रकाश ठाकुर

Two people died when a motorcycle collided with a tractor carrying sugarcane

सर्लाही — नयाँरोड–मधुवनी सडक अन्तर्गत सर्लाहीको बरहथवा नगरपालिका–९ मूर्तियास्थित शान्ति चोकमा सोमबार अबेर राति उखु बोकेको ट्याक्टर र मोटरसाइकल एकआपसमा  ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।

बलराबाट उखु बोकेर हरिवन चिनी मिलतर्फ आउँदै गरेको ज १ त ९८७६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट जाँदै गरेको ज ४ प ३७७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक बरहथवा नगरपालिका–५ राजुचोक बस्ने २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको हो ।

हरिन्द्रको एडभान्स सन्जिवनी अस्पताल बरहथवा र पुरुषोत्तमको बयोधा अस्पताल वीरगन्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक बलरा नगरपालिका–७ बस्ने ३८ वर्षीय वीरेन्द्र महतोलाई नियन्त्रणमा लिएको छ ।

ओमप्रकाश

Link copied successfully