महोत्तरीमा स्यालको आक्रमणबाट ६ जना घाइते

पुस ९, २०८१

सुनिता बराल

6 injured by jackal attack in Mahottari

महोत्तरी — महोत्तरीमा स्यालको आक्रमणबाट ६ जना घाइते भएका छन् । गौशाला ११ लक्ष्मिनियामा खेतमा काम गरी घर फर्किँदै गरेका स्थानीय स्यालको आक्रमणबाट घाइते भएका महोत्तरी प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ५० वर्षीया मनमाया पोखरेल, ७० वर्षीया मतिदेवी, २७ वर्षीया ललिता शर्मा, ४५ वर्षीया निलम देवी शाह, १९ वर्षीय रोशन यादव र वर्ष नखुलेका रामचन्द्र यादव रहेका महोत्तरी प्रहरी प्रवक्ता डीएसपी सन्तुलालप्रसाद जयसवालले जानकारी दिए ।

घाइतेहरुको लक्ष्मिनिया स्वास्थ्य चौकीमा सामान्य उपचारपछि जनकपुर प्रादेशिक अस्पताल पठाइएको लक्ष्मीनिया स्वास्थ्य चौकीले जनाएको छ । 

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully