जलेश्वर उद्योग वाणिज्य संघको अध्यक्षमा चौधरी

पुस ७, २०८१

सुनिता बराल

Chaudhary as the President of Jaleshwar Industry and Commerce Association

महोत्तरी — महोत्तरीको जलेश्वर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवचन्द्र चौधरी निर्वाचित भएका छन् । शनिबार भएको वाणिज्य संघको निर्वाचनमा ४ सय १९ मत प्राप्त गरी चौधरी विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी सन्तोष साहलाई ६१ मतान्तरले पछि पार्दै चौधरी विजयी भएको घोषणा निर्वाचन समितिले गरेको छ ।

प्रतिद्वन्द्वी साहले ३ सय ५८ मत प्राप्त गरेका निर्वाचन अधिकृत विजय ठाकुरले जानकारी दिए  ।

पदाधिकारी तथा सदस्यमा समेत चौधरीको प्यानल नै विजयी भएको छ । उपाध्यक्षमा राम एकवाल साह, महासचिवमा राजुकुमार पुर्वे, सचिवमा चन्द्नकुमार साह र कोषाध्यक्षमा नारायणकुमार गुप्ता चयन भए । 

महिला सदस्यमा कमलादेवी कोइराला, अन्य सदस्यहरूमा रमनकुमार चौधरी, संजयकुमार गुप्ता, अनिलकुमार साह, रोशन महासेठ, मुकेशकुमार साह, मणीभूषण ठाकुर, रुपेशकुमार साह, सरोजकुमार साह, ओमप्रकाश साह विजयी भएका निर्वाचन समिति अधिकृत ठाकुरले जानकारी दिए ।

सुनिता बराल बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully