अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सुरु

पुस ६, २०८१

कान्तिपुर संवाददाता

International Maithili Conference begins

सिरहा — सिरहा सदरमुकाममा ३५ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन तथा सिरहा साहित्य संगम सुरु भएको छ । सिरहास्थित चन्द्र नमुना माविको प्रांगणमा शुक्रबारदेखि कार्यक्रम सुरु भएको हो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा मानवअधिकारवादी नेता कृष्ण पहाडीलगायतले शुक्रबार कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपाल तथा भारतका विशिष्ट अतिथिहरू सहभागी छन् । कार्यक्रम चार दिनसम्म चल्नेछ । 

शुक्रबार र शनिबार सिरहामा तथा आइतबार र सोमबार गोलबजारस्थित अतिथि सदनमा कार्यक्रम हुने कार्यक्रम संयोजक रामरिझन यादवले जानकारी दिए ।

कार्यक्रममा मैथिली भाषाको विकास र विस्तारसहित सिरहाको आर्थिक, राजनीतिक, सामाजिक, स्वास्थ्य, शिक्षा, कृषि, वैदेशिक रोजगारलगायतका विषयवस्तुमाथि बहस तथा संवाद हुनेछ ।

कान्तिपुर

Link copied successfully