विवाह पञ्चमी महोत्सवमा मटकोर विधि सम्पन्न

मंसिर २०, २०८१

सन्तोष सिंह

The matkor ceremony was held on the fifth anniversary of marriage

धनुषा — जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सवअन्तर्गत बिहीबार मटकोर विधि सम्पन्न भएको छ । 

विवाह पञ्चमी महोत्सवको पाँचौ दिन बिहीबार मटकोर विधि मनाइएको छ । त्रेता युगमा रामसीताको विवाहलाई स्मरण गर्दै मनाइने विवाह महोत्सवको मटकोर विधि जनकपुरधामस्थित गंगासागरमा मनाइको हो ।

साधु सन्त र श्रद्धालुको उपस्थितिमा वैधिक परम्पराअनुसार सीताको पिताको भूमिका जनाकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले पूरा गरे । विवाहको एकदिन अघि मटकोर विधि बनाउने परम्परा छ । 

मैथिली परम्परामा विवाहअघि जलाशयको किनारमा माटो खन्ने विधिमा सहभागी भएर प्रसाद लिनेको घुइँचो लागेको थियो । लोकगीत गाउँदै मनाइने मटकोरमा सर्वसाधारणले गंगासागरको घाट भरिएको थियो ।

आइतबारदेखि सुरु भएको साताव्यापी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तोस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर र छैटौं दिन शुक्रबार शुभविवाह हुने जानकी मन्दिरका उत्तराधिकारी महन्त वैष्णवले बताए । विवाह महोत्सवको सातौं दिनमा रामकलेवा (विवाहमा सहभागीलाई भोज खुवाउने) मनाएर साधु सन्तको बिदाइ गर्ने चलन छ । 

The matkor ceremony was held on the fifth anniversary of marriage

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully