धनगढीमाईका तत्कालीन प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंसिर २०, २०८१

विनय आजाद

A corruption case was filed against 5 people including the then administrative officer of Dhangadhimai

सिरहा — सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भ्रष्टाचारको अभियोगमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले, लेखा अधिकृत पुरुषोत्तमप्रसाद, तत्कालीन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, तत्कालीन जिन्सी शाखा प्रमुख सम्पैत यादव र हेल्पिङ मल्टिपर्पोज प्रालि मैतीदेवी काठमाडौं तथा उक्त फर्मका प्रबन्ध निर्देशक माधवप्रसाद गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुले औषधि खरिदका नाममा ४ लाख ६० हजार ८ सय १० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

अख्तियारले उनीहरुबाट जनही ४ लाख ६० हजार ८ सय १० रुपैयाँ जरिवाना भराउन तथा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजायको माग पनि गरेको छ । 

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully