महोत्तरी — महोत्तरीको रामगोपालपुर-२ मा नेकपा एमालेका सकिवुल खाँ ६ सय ३१ मत प्राप्त गरी विजयी भएका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार आइतीकुमारी यादवलाई ९७ मतले पछि पार्दै खाँ विजयी भएका हुन् । खाँ का प्रतिद्वन्द्वी यादवले ५ सय ३४ मत प्राप्त गरेकी छिन् ।
निर्वाचन परिणाम घोषणा गर्दै मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले सर्वाधिक मत ल्याएर एमाले उम्मेदवार खाँ विजयी भएको जानकारी दिए ।
त्यस्तै नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँ ले २ सय ८४ र जनता समाजवादी पार्टीका नजामुदिन खानले ३८ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कर्यालयले जनाएको छ ।
