ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी कारागार चलान

मंसिर १६, २०८१

विनय आजाद

Defendant in murder industry case jailed

सिरहा — सिरहामा ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादी कारागार चलान भएका छन् । कल्याणपुर नगरपालिका-८ मझाउका ७३ वर्षीय तुलसीप्रसाद यादव आइतबार कारागार चलान भएका हुन् । यादवलाई जिल्ला अदालत, सिरहाले ज्यान मुद्दामा २०७७ असारमा तीन वर्ष कैद सजाय सुनाएको थियो ।

त्यसयता फरार रहँदै आएका उनलाई जिल्ला प्रहरी कार्यालय, सिरहाको विशेष टोलीले शनिबार घरबाटै पक्राउ गरेको थियो ।

आइतबार उनलाई अदालत पेस गरिएको र अदालतले कैद भुक्तानका लागि कारागार कार्यालय सिरहा पठाएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता एवं डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully