रौतहट — रौतहटको तीन पालिकामा रिक्त वडाअध्यक्ष पदका लागि आइतबार सम्पन्न उपनिर्वाचनमा ७३.३७ प्रतिशत मत खसेको छ ।
बिहान ७ देखि सुरु भई ५ बजेसम्म भएको मतदानमा तीन वटै वडा मिलाएर ७३.३७ प्रतिशत मत खसेको जिल्ला निर्वाचनको कार्यालयले जनाएको छ । इशनाथ नगरपालिका-७ मा ६९.०८ प्रतिशत, राजपुर -६ मा ६९.३६ प्रतिशत र गढीमाई नगरपालिका-८ मा ८१.३२ प्रतिशत मत खसेको निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
