रंगिए परिक्रमावासी

चैत्र ४, २०८०

सुनिता बराल, सन्तोष सिंह

Rangie Parikramavasi

महोत्तरी, धनुषा — मिथिला मध्यमा परिक्रमा सहभागी तीर्थालुहरूको अनुहार र कपडा रंगले रंगिएको छ । कञ्चनवन आइपुगेका साधुसन्त र भक्तजनहरूलाई रंग अबिरले स्वागत गरिएको छ ।

मिथिला मध्यमा परिक्रमा सहभागीले रंग अबिर दलेर होली मनाएका छन् । महोत्तरीको कञ्चनवन पुगेका परिक्रमावासी होलीको लोकगीत ‘होरी’ गाउँदै एक अर्कालाई अबिर दलेर होली मनाएका हुन् । त्रेता युगमा भगवान रामले कञ्चनवनमा होली खेलेको मान्यताअनुसार १५ दिने मिथिला महात्म परिक्रमा सहभागीहरूले होली मनाएको हो ।

Rangie Parikramavasiधार्मिक तथा पौराणिक मान्यताअनुसार भगवान रामले होली खेलेको ठाउँ कञ्चनवन पुगेपछि परिक्रमाका तीर्थालहरू हरेक वर्ष होली मनाउने परम्परा छ ।

कञ्चनवनमा आउने आगन्तुकलाई स्थानीयले अबिर दलेर स्वागत गरेका छन् । वसन्त पञ्चमीदेखि नै होलीको सुरुवात हुने गरेको मान्यता रहे पनि मिथिलाञ्चलमा कञ्चनवनको होलीपछि औपचारिक रूपमा सुरुवात हुन्छ । जनकपुरबाट सुरु भएको मिथिला मध्यमा परिक्रमा सीमावर्ती भारतको कलना, गिरिजास्थानका साथै महोत्तरीको मटिहानी, जलेश्वर, मडैय, ध्रुवकुण्ड हुँदै कञ्चनवन आइपुगेको हो ।

Rangie Parikramavasiधनुषास्थित कचुरी मठबाट मिथिला बिहारी कुटीबाट मिथिला बिहारी तथा जनकपुरको अग्नि कुण्डबाट किशोरीजीको डोलासहित जनकपुरबाट सुरु भएको परिक्रमाका फागु पूर्णिमाको दिन जनकपुरको अन्तरगृह परिक्रमा गरेर १५ दिने धार्मिक यात्रा सम्पन हुने छ । अन्तरगृह परिक्रमाको भोलिपल्ट मात्रै मिथिलामा होली मनाउने परम्परा रहेको छ ।

कञ्चनवनको होली उत्सव मनाउन भङ्गाहा नगरपालिकाले प्रत्येक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । आइतबार भंगाहामा श्रद्धालु र स्थानीय गरी ३ लाख मानिसको उपस्थिति रहेको मेयर सञ्जीव साहले बताए ।  कञ्चनवनमा आज ‘होली उत्सव’ मा मिथिलाक्षेत्रका ख्यातिप्राप्त सङ्गीत कला प्रतिष्ठानहरुले आफ्नो प्रस्तुति राखेका छन् । फागुन औंशीका दिन धनुषाको ठेराकचुरीबाट सुरु हुने परिक्रमा फागुन पूर्णिमाका दिन जनकपुर पुगेर परिक्रमापछि समापन हुन्छ । यस यात्राको आठौं दिन कञ्चनवनको विश्राम ‘होली उत्सव’ कै परम्पराले खास बन्दै आएको श्रद्धालुहरू बताउँछन्  ।

Rangie Parikramavasiधार्मिक यात्रामा नेपालको १२ तथा भारतको तीन स्थानमा विश्रामस्थल रहेको छ । मिथिला मध्यमा परिक्रमाको क्रममा सहभागी तीर्थालुहरू नेपालमा १०७ र भारतमा २६ किलोमिटर गरी कूल १३३ किलोमिटर लामो धार्मिक यात्रा हिँडेर पूरा गर्ने गरेका छन् ।

Rangie Parikramavasi

Rangie Parikramavasi

Rangie Parikramavasi

Rangie Parikramavasi

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully