टिपर दुर्घटनामा चालकको ज्यान गयो

पाल्पाको तिनाउ गाउँपालिका-३ छहरागैरास्थित सिद्धार्थ राजमार्गमा टिपर दुर्घटनामा ३५ वर्षीय हेमबहादुर लम्तरीको ज्यान गएको हो ।

श्रावण ७, २०८३

माधव अर्याल

Tipper accident claims driver's life

पाल्पा — सिद्धार्थ राजमार्गमा भएको टिपर  दुर्घटनामा चालकको ज्यान गएको छ । पाल्पाको  तिनाउ गाउँपालिका-३ छहरागैरास्थित सिद्धार्थ राजमार्गमा टिपर दुर्घटनामा ३५ वर्षीय हेमबहादुर लम्तरीको ज्यान गएको हो । 

बुटवलबाट तानसेन पाल्पातर्फ जाँदै गरेको लु.२ख १७१९ नम्बरको खाली टिपर आफैं अनियन्त्रित भई सडकदेखि अन्दाजी १२० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

तिनाउ-३ सिसुवा घर भएका लम्तरी घाइते भएको र उपचारका लागि मर्सिसिटी अस्पताल बुटवल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully