अन्य निकुञ्जमा बर्खा लागेपछि जंगल सफारी बन्द भए पनि बर्दिया निकुञ्जमा भने खुला नै गरिएको छ ।
बर्दिया — गत आर्थिक वर्षमा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने नेपाली, विदेशी र सार्कका पर्यटकको संख्या घटेको छ । ०८१/०८२ को तुलनामा घटेको छ ।
०८१/०८२ मा २८ हजार ६८ जना स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका थिए भने ०८२/०८३ मा २७ हजार २५ पर्यटक भित्रिएका छन् । ०८२/०८३ मा विदेशी ६ हजार ९ सय १, सार्कबाट १ हजार २ सय १७ र नेपाली १८ हजार ९ सय ७ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका हुन् । गत आवमा पर्यटक प्रवेश शुल्कबाट ३ करोड २६ लाख राजस्व संकलन भएको निकुञ्जले जनाएको छ ।
'गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले पर्यटक आवागमन प्रभावित भएको हो,’ निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले भने, 'पश्चिम एसियामा भइरहेको युद्धले विदेशी पर्यटकलाई प्रभाव पारेको छ ।' गत आवमा सबैभन्दा बढी पर्यटक कात्तिकमा आएका थिए । उक्त अवधिमा ४ हजार ८ सय ५१ र चैतमा ४ हजार ७ सय ३९ जना पर्यटक आएको निकुञ्जले जनाएको छ । गत आवको असार महिनामा २ सय ९४ जना पर्यटक आ
बाघ हेर्ने अवसर मिल्ने भएकाले पनि पर्यटकहरु बर्दिया निकुञ्ज आउने गरेका हुन् । यसबाहेक हात्ती, गैंडा, बाह्रसिंगा यहाँ पाइन्छ । बबई उपत्यका, कर्णाली चिसापानी पुल, गोही प्रजनन केन्द्र, हात्तीसार हेर्न तथा र्याफ्टिङ, फिसिङ, जिप सफारी, जंगल वाकका लागि पर्यटक आउने गरेको पर्यटन व्यवसायी रामजी थापा बताउँछन् । अन्य निकुञ्जमा बर्खा लागेपछि जंगल सफारी बन्द भए पनि बर्दिया निकुञ्जमा खुला नै छ । निकुञ्जका प्रमुख अशोक रामले अहिलेसम्म वर्षाले सडक अवरोध नभएकाले जिप सफारी बन्द नगरिएको बताए ।
निकुञ्जको मुख्य प्रवेशद्धार ठाकुरद्वारा हो । यसबाहेक रम्मापुर दोस्रो प्रवेशद्वार भए पनि ९९ प्रतिशत पर्यटक भने ठाकुरद्वाराबाटै निकुञ्ज प्रवेश गर्ने गरेका छन् ।
पछिल्लो गणना अनुसार बर्दिया निकुञ्जमा १ सय २५ बाघ रहेका छन् । बर्दिया निकुञ्जमा १ सय २० हात्ती रहेको अनुमान छ । त्यसैगरि गैंडा ३८ वटा छन् ।
निकुञ्जबाहिर ३० भन्दा बढी साना र ठूला होटल तथा २० वटा होमस्टे रहेका छन् । निकुञ्जबाहेक पर्यटकले खाता जैविक मार्गको डल्ला, पत्थरबोझी लगायतका ठाउँको अवलोकन गर्ने गरेका छन् ।
