स्रोत नखुलेको साढे ५ लाख बरामद

पकडी–चाकलचौडा सडकस्थित मायादेवी गाउँपालिका–२, अभिरावमा मोटरसाइकलको सिटमुनिबाट रकम बरामद भएको हो ।

असार २२, २०८३

मनोज पौडेल

5.5 lakh rupees recovered from unknown source

कपिलवस्तु — पकडी–चाकलचौडा सडकखण्डस्थित मायादेवी गाउँपालिका–२, अभिरावमा स्रोत नखुलेको करिब साढे ५ लाख रुपैयाँ बरामद गरिएको छ  ।

आइतबार राति १० बजेतिर पकडीबाट चारकचौडातर्फ जाँदै गरेको लु३५प ८९५९ नम्बरको मोटरसाइकलको सिटमुनिबाट ५ लाख ४८ हजार ५ सय रुपैयाँ बरामद भएको हो । उक्त सडक खण्डको अभिरावमा जाँचका लागि प्रहरी देखेपछि मोटरसाइकल चालक भने मोटरसाइकल छाडेर भागेका थिए ।

मोटरसाइकलको सिटमुनि लुकाइराखेको अवस्थामा रकम फेला परेको हो । आवश्यक कारबाहीका बरामद मोटरसाइकल र रकम सुठौली भन्सार पठाइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully