बालुवामा पुरिएर मजदुरको मृत्यु

देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा एक्स्काभेटरले बालुवा फाल्दा घटना भएको हो ।

जेष्ठ ३०, २०८३

रासस

Worker dies after being buried in sand

देउखुरी (दाङ) — एक्स्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ ।  

देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँपालिका–२का ४५ वर्षीय लालमणि यादवको मृत्यु भएको गढवास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । 

बिटुमिन तयार गर्ने स्थानमा एक्स्काभेटर चालक चालक अनिलकुमार थारुले बालुवा फालेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

रासस

Link copied successfully