६० जना ज्येष्ठ नागरिकलाई सम्मान

ज्येष्ठ नागरिकको अनुभव र योगदान समाजका लागि प्रेरणाको स्रोत भएकाले उहाँहरूको आदर र सम्मानका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने कपिलवस्तु नगर प्रमुख सुदीप पौडेलले बताए ।

जेष्ठ ३०, २०८३

मनोज पौडेल

60 senior citizens honored

कपिलवस्तु — ज्येष्ठ नागरिकलाई उत्प्रेरित गर्दै समाजमा स्थापित गर्ने उद्देश्यले ६० जना त्यस्ता व्यक्तिलाई सम्मान गरिएको छ ।

कपिलवस्तु नगरपालिकाको सहयोगमा नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखाद्वारा शनिबार आयोजित कार्यक्रममा नगर क्षेत्रका ६० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । 

ज्येष्ठ नागरिकलाई नगर प्रमुख सुदीप पौडेलले दोसल्ला, ग्लुकोज, गिलास र सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन् । 

ज्येष्ठ नागरिकको अनुभव र योगदान समाजका लागि प्रेरणाको स्रोत भएकाले उहाँहरूको आदर र सम्मानका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने कपिलवस्तु नगर प्रमुख पौडेलले बताए ।

यस्ता सम्मान कार्यक्रमले सामाजिक सद्भाव, समन्वय, करुणा र मैत्रीभाव अभिवृद्धि भई समाजपयोगी काम हुने हुँदा सम्मान कार्यक्रमलाई निरन्तर दिइने अर्बुद रोग निवारण संस्था जिल्ला शाखा अध्यक्ष राजेश ज्ञवालीले बताए ।

कार्यक्रमका अवसरमा नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखाका आजीवन सदस्यलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully