संरक्षण क्षेत्र नजिक रहेको सामुदायिक वनमा ३/४ वटा चितुवा रहेको अनुमान गरिएको छ ।
बर्दिया —
कृष्णसार संरक्षण क्षेत्रबाट शुक्रबार बिहान समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिन राखिएको खोरभित्र चितुवा पसेको थियो ।
नियन्त्रणमा लिइएको चितुवा वयस्क पोथी रहेको कृष्णसार संरक्षक क्षेत्रका रेन्जर रामु केसीले बताए । विगतमा कृष्णसार र संरक्षण क्षेत्र नजिक रहेको गौशालामा पसेर चितुवाले गाई, गोरु मार्ने गरेको उनको भनाइ छ ।
संरक्षण क्षेत्र नजिक रहेको सामुदायिक वनमा ३/४ वटा चितुवा रहेको अनुमान गरिएको छ । बर्दियामा गत साउनयता वन्यजन्तुको आक्रमणमा ११ जनाले ज्यान गुमाएका छन् । सोही अवधसमा चितुवाबाट ८, पाटेबाघबाट २ र हात्तीबाट १ गरी ११ जनाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत राम गोपाल चौधरीले बताए । ११ महिनायता ७ वटा समस्याग्रत चितुवा नियन्त्रणमा लिइएको छ ।
