रोल्पामा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रहरीका अनुसार बिहान करिब ७:३० बजे बल्लेखोलाबाट आलु लिएर पोखरातर्फ जाँदै गरेको रा १ ख ३०४५ नम्बरको उक्त मिनीट्रक सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

जेष्ठ २८, २०८३

काशीराम डाँगी

One person dies in minitruck accident in Rolpa

रोल्पा — रोल्पाको माडी गाउँपालिका–१ स्थित बल्ले–झिनुवा भित्री सडक खण्डमा बिहीबार बिहान मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक सामान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार बिहान करिब ७:३० बजे बल्लेखोलाबाट आलु लिएर पोखरातर्फ जाँदै गरेको रा १ ख ३०४५ नम्बरको उक्त मिनीट्रक सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनामा परेको हो । सडक भासिएर दुर्घटनामा परेको ट्रक माडी गाउँपालिका–५ जोबारीका ४२ वर्षीय नोखिराम वलीले चलाएका थिए ।

दुर्घटनामा चालक वलीको दाहिने हातमा सामान्य चोट लागेको छ । त्यसै ट्रकमा सवार सल्यानको बागचौर नगरपालिका–४ देविस्थान निवासी ४७ वर्षीय चन्द्रबहादुर बस्नेतको घटनास्थलदेखि करिब ३० मिटर तल मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि चालकको उद्धार गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याल कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुनील थापा नेपालीले बताए ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully