प्यूठानमा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना सुरु

हरित हाइड्रोजनले यातायात, उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारणसहित प्रत्यक्ष विद्युतीकरण कठिन हुन सक्ने क्षेत्रहरूमा कार्बन उत्सर्जन न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

जेष्ठ २७, २०८३

शमशेरविक्रम जीसी

50 kW green hydrogen pilot project launched in Pyuthan

प्यूठान — जिल्लामा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना सुरु भएको छ । बुटवल पावर कम्पनी लिमिटेडले झिमरुक जलविद्युत् केन्द्र दारिमचौर, प्यूठानमा हाइड्रोजनको उत्पादन सुरु गरेको हो । 

नवीकरणीय जलविद्युत् ऊर्जाको प्रयोग गरी विद्युत् अपघटन प्रक्रियामार्फत हरित हाइड्रोजन उत्पादन सुरु गरिएको कम्पनीका प्रतिनिधि प्रकाशकुमार श्रेष्ठले जानकारी दिए । विश्व बैंकको प्राविधिक सहयोग तथा संयुक्त अधिराज्य सरकारअन्तर्गतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालयमार्फत यूके अन्तर्राष्ट्रिय विकासको आर्थिक सहयोगमा प्लान्ट स्थापना गरिएको बुटवल पावर कम्पनीले जनाएको छ । 

हरित हाइड्रोजनले यातायात, उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारणसहित प्रत्यक्ष विद्युतीकरण कठिन हुन सक्ने क्षेत्रहरूमा कार्बन उत्सर्जन न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सरकारले हेटौंडामा २.५ मेगावाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना अघि बढाउने योजना अघि सारेको अवस्थामा प्यूठानमा पनि हरित हाइड्रोजन पाइलट परियोजना संचालन हुनाले भारतबाट आयात हुने हाइड्रोजनको माग स्वदेशकै उत्पादनले धान्ने अपेक्षा पनि गरिएको छ ।

शमशेरविक्रम जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

Link copied successfully