रास्वपा प्यूठानको सभापतिमा पोख्रेल विजयी

विजयी विकास पोख्रेलको समूहलाई पार्टी सभापति रवि लामिछाने निकट तथा पराजित बमबहादुर सुनारको समूहलाई वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह निकट प्यानलका रूपमा चर्चा गरिएको छ।

जेष्ठ २५, २०८३

शमशेरविक्रम जीसी

Pokharel wins election as President of RSVP Pyuthan

प्यूठान — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठानको जिल्ला अधिवेशनबाट विकास पोख्रेल अध्यक्षमा निर्वाचित भएका छन् । आइतबार जुम्रीमा सम्पन्न निर्वाचनबाट पोख्रेलले १५३ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी बमबहादुर सुनारले ४४ मत मात्रै प्राप्त गरे ।
अधिवेशनमा वर्तमान जिल्ला सभापति पोख्रेल र माण्डवी गाउँपालिकाका निवर्तमान अध्यक्ष सुनारको नेतृत्वमा दुई छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा उत्रिएको थियो ।  प्रतिनिधिहरूबीच पोख्रेलको समूहलाई पार्टी सभापति रवि लामिछाने निकट तथा सुनारको समूहलाई वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह निकट प्यानलका रूपमा चर्चा गरिएको थियो।

उपाध्यक्ष पदमा केशवबहादुर महतराले १५९ मत प्राप्त गर्दै विजयी भए भने उहाँका निकटतम प्रतिस्पर्धी दलबहादुर केसीले ३७ मत पाए । सचिवमा यज्ञवीर पाण्डे १०६ मतसहित विजयी हुँदा बलबहादुर महतराले ८१ मत प्राप्त गरे । सहसचिवमा डा. ओमहरि भट्टराई ११९ मत ल्याएर बिजयी हुँदा उनका प्रतिस्पर्धी मदनकुमार पोख्रेलले ५० मत प्राप्त गरे ।

सदस्यमा पोख्रेल प्यानलकै विशाल पौडेल, शंकर भण्डारी, शिशिर रिजाल तथा रेगमबहादुर पुरी निर्वाचित भए । सदस्य पदमा खिमे सुनार, विमला रावल क्षेत्री, सीता थापा र विपना सुनार निर्विरोध निर्वाचित भएका थिए । 

शमशेरविक्रम जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

Link copied successfully