रास्वपा रोल्पाको सभापतिमा बालाराम सर्वसम्मत

शनिबार लिबाङमा सम्पन्न अधिवेशनले थापाको नेतृत्वमा १० सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

जेष्ठ २५, २०८३

काशीराम डाँगी

Balaram unanimously elected as Rolpa RSP president

रोल्पा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा बालाराम थापा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार लिबाङमा सम्पन्न अधिवेशनले थापाको नेतृत्वमा १० सदस्यीय जिल्ला कार्यसमिति तथा ४ सदस्यीय सल्लाहकार समिति चयन गरेको हो ।

कार्यसमितिको उपसभापतिमा भुपेन्द्र सिंह वली, सचिवमा हिराबहादुर घर्तिमगर, सहसचिवमा बालाराम डाँगी तथा कोषाध्यक्षमा पिपला चन्द सेन निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा धर्मराज भण्डारी, महेश कुमार शर्मा, मुना डाँगी, हिरा खड्का र सन्दिप थापा मगर चयन भएका छन्।

रोल्पाको गजुलका स्थानीय थापा तदर्थ समितिमा उपाध्यक्ष थिए भने उनी प्रतिनिधि सभाको अघिल्लो निर्वाचनका उम्मेदवार हुन् । उनी निर्माण व्यवसाय छाडेर राजनीतिमा होमिएका थिए । सचिव घर्ती पूर्व पत्रकार हुन् भने कार्यसमिति सदस्य भण्डारी पूर्व प्रहरी निरीक्षक र शर्मा पूर्व पत्रकार एवं अधिवक्ता हुन् ।

अधिवेशनबाट तोयराम थापा, दधिराम रेग्मी, रामलाल भारती र लालबहादुर डाँगीसहितको सल्लाहकार समिति पनि गठन गरिएको छ। 

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully