रास्वपा रुपन्देहीको सभापतिमा महेन्द्र विजयी

उपसभापतिमा दुर्गाप्रसाद खनाल र सचिवमा ज्ञानेन्द्र पाण्डे विजयी भएका छन् ।

जेष्ठ २५, २०८३

घनश्याम गौतम

Mahendra wins the presidency of the Rashtriya Swayamsevak Sangh (RSS) Rupandehi.

बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्र उपाध्याय चापागाई विजयी भएका छन् । उनी २ सय ९६ मत ल्याएर बिजयी भएका हुन् । प्रतिस्पर्धी आशिष न्यौपानेले १ सय ४३ मत ल्याए । न्यौपाने यसअघि उपसभापति थिए भने उपाध्याय संगठन विभाग प्रमुख थिए ।

उपसभापतिमा दुर्गाप्रसाद खनाल विजयी भएका छन् । उनले २ सय ३८ मत ल्याउँदा उनकी निकटतम प्रतिस्पर्धी रचना क्षेत्रीले १ सय ८९ मत ल्याईन् । रचना यसअघि कोषाध्यक्ष थिइन् । सचिवमा ज्ञानेन्द्र पाण्डे विजयी भएका छन् । उनले २ सय ३७ मत ल्याउँदा प्रतिस्पर्धी मोहनविक्रम जिसीले २ सय ३ मत ल्याए । सहसचिवमा बाबुराम अर्यालले २ सय ७९ मत ल्याएर विजयी हुँदा प्रत्यासी प्रेमनारायण तिवारीले १ सय ३८ मत ल्याएको निर्वाचन समिति सदस्य गुनाराम घिमिरेले बताए ।

सदस्यहरुमा शर्मिला आचार्य, राजबहादुर क्षेत्री, अनिता पन्थी, रामनाथ हरिजन, जमुना सापकोटा, विष्णुप्रसाद पौडेल, छविलाल शर्मा, विश्वनाथ शर्मा, शेषकान्त गैरे निर्वाचित भएका छन् । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully