टिकटकर रियाको सर्पले डसेर मृत्यु

कपिलवस्तु नगरपालिका–१, मलाटोलकी १६ वर्षीया रिया बर्माले सामाजिक सञ्जाल टिकटक ‘वेटिङ फर डेथ’ अर्थात् मृत्युको पर्खाइमा नाम राखेर चलाइरहेकी थिइन् ।

जेष्ठ २१, २०८३

मनोज पौडेल

Ticket holder Riya dies after being bitten by a snake

कपिलवस्तु — नियति पनि कस्तो हुन्छ ? ‘वेटिङ फर डेथ’ नाम राखेर टिकटक आईडी चलाइरहेकी कपिलवस्तु नगरपालिका–१, मलाटोलकी १६ वर्षीया रिया बर्माको सर्पले डसेर मृत्यु भएको छ ।

सामाजिक सञ्जाल टिकटकमा आफ्नो परिचय नै ‘वेटिङ फर डेथ’ अर्थात् मृत्युको पर्खाइमा नाम राखेर चलाइरहेकी थिइन् । साँच्चै नै उनलाई नियतिले मृत्युतर्फ डोर्‍यायो । बुधबार मध्यरातमै घरमा विषालु सर्प काल बनेर पस्यो । खुट्टामा बेरिएर तीन ठाउँमा टोक्यो । त्यही सर्पको डसाइ नै रियाको मृत्युको कारक बनेको चिकित्सकले बताएका छन् । Ticket holder Riya dies after being bitten by a snake

सर्पले डसेपछि बुवाआमाले उनलाई तत्काल सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल पुर्‍याएका थिए । थप उपचारका लागि गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा लगिए पनि उनलाई बचाउन सकिएन ।

परिवारकी एक्ली सन्तान रिया तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयबाट भर्खरै एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययन गर्ने तयारीमा थिइन् । उनले किन आफ्नो आईडीको नाम ‘वेटिङ फर डेथ’ राखिन् ? यो केवल एउटा दुखद संयोग मात्र थियो ? वा अररु केही- त्यो भने गर्भमै रहेको छ । एकमात्र सन्तान गुमाउनुको पीडाले बर्मा दम्पती अहिले मूर्छित बनेको छ ।

मनोज

Link copied successfully