इतिहासकै कठिन मोडमा मुलुक : केसी

पश्चिम नवलपरासीमा आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चा अध्यक्ष केसीले मुलुक संकटमा छ भन्दै संविधान संशोधनमा सतर्कता अपनाउन आग्रह गरे।

जेष्ठ १०, २०८३

नवीन पौडेल

Country at a difficult juncture in history: KC

परासी — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुक कठिन अवस्थामा पुगेको बताएका छ्न । आइतबार पश्चिम नवलपरासीको सुनवलमा 'संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता' विषयक कार्यक्रममा केसीले  नेपालमा आफूअनुकूलको राजनीतिक शक्ति हाबी गराउन पश्चिमा देश लागिपरेको आरोप लगाएका हुन् ।  

केसीले संविधान संशोधन गर्दा विदेशी हस्तक्षेपबाट मुक्त गराउन देशभरबाट सरकारलाई खबरदारी गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवाले हतारमा भन्दा पनि दीर्घकालीन रूपमा देश विकास र राजनीतिक निकास हुने गरेर संविधान संशोधनको एजेन्डा तय गर्नुपर्ने जोड दिएका थिए ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully