तीन दिनअघि तिनाउ खोलामा बेपत्ता भारतीय नागरिक मृत भेटिए

तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइडस्थित हेडबक्स नजिकै भारतको उत्तरप्रदेश सिद्धार्थनगर नौगढ बस्ने २२ वर्षीय सौरभ रस्तोवी बेपत्ता भएका थिए ।

जेष्ठ ९, २०८३

माधव अर्याल

Indian citizen missing three days ago found dead in Tinau River

पाल्पा — तीन दिनअघि पाल्पाको तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय पर्यटक शुक्रबार मृत अवस्थामा फेला परेका छन् । तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइडस्थित हेडबक्स नजिकै भारतको उत्तरप्रदेश सिद्धार्थनगर नौगढ बस्ने २२ वर्षीय सौरभ रस्तोवी बेपत्ता भएका थिए । 

बुधबार ५ जनाको समूहमा आएका उनीहरुमध्य सौरवी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । उनको शव डुबेको स्थानदेखि ५० मिटर तल्लो भागमा फेला परेको हो । स्थानीय दोभान प्रहरी चौकी, सशस्त्र प्रहरी स्थानीय बासिन्दा लगायतको टोलीले भारतीय पर्यटक डुबेको स्थान वरपरसमेत खोजीकार्य गरेका थिए । 

डुबेर बेपत्ता भएको थाहा पाएपछि स्थानीय बासिन्दाका साथै दोभान प्रहरी चौकीको टोली खोजी कार्यमा जुटे पनि बुधबार मात्र मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully