विकल्पबिना सुकुमवासीलाई नहटाउन माग गर्दै बुटवलमा प्रदर्शन 

प्रदर्शनमा रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियासहित २० भन्दा बढी जिल्लाबाट प्रतिनिधि सहभागी भएको संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले बताए ।

जेष्ठ ३, २०८३

घनश्याम गौतम

Protest in Butwal demanding that squatters not be evicted without alternative

What you should know

काठमाडौँ — विकल्पबिना अव्यवस्थित बसोबासीलाई नहटाउन माग गर्दै विभिन्न जिल्लाका सुकुमवासीहरूले आइतबार बुटवलमा प्रदर्शन गरेका छन् । बुटवलबाटै राष्ट्रिय संघर्ष समितिसहितको मोर्चा गठन गर्ने उनीहरूको तयारी छ ।

नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रुपन्देहीको संयोजनमा भएको प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट सुरू भएर ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको छ । आन्दोलनमा रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियासहित २० भन्दा बढी जिल्लाबाट प्रतिनिधि सहभागी भएको संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले बताए ।

Protest in Butwal demanding that squatters not be evicted without alternative

सरकारले विकल्पबिना गरिब सुकुमवासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर हटाउने, लखेट्ने कार्य गरेकाले विरोधमा प्रदर्शन गरिएको संघर्ष संयोजक पौडेलले बताए । ‘सरकारले दीर्घकालीन व्यवस्थाको योजना नगरी हतारमा बस्तीमा डोजर चलाएपछि देशभरका झन्डै १२ लाखभन्दा बढी परिवारका झन्डै ५० लाख नागरिक विस्थापित भएका छन्,’ उनले भने, ‘अब हामीले बुटवलबाटै देशभरकै अव्यवस्थित बसोबासीहरूको मोर्चा बनाएर आन्दोलन गर्दैछौं ।’ उनले सोमबार बुटवलबाटै राष्ट्रिय मोर्चा घोषणा गरिने उनले बताए । 

विकल्पबिना विस्थापित नगर्न माग गर्दै भूमिहीन तथा सुकुमवासीले गएको वैशाख २४ गते पनि बुटवलमा प्रदर्शन गरेका थिए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully