संयुक्त संघर्ष समिति नवलपरासीको आयोजनामा सुस्ता गाउँपालिका-१ रुपौलियामा भूमिहीन सुकुमवासीले विरोध प्रदर्शन गरेका हुन् ।
परासी — भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीमाथि सरकारले दमन गरेको भन्दै पश्चिम नवलपरासीको सुस्तामा प्रदर्शन गरिएको छ ।
संयुक्त संघर्ष समिति नवलपरासीको आयोजनामा सुस्ता गाउँपालिका-१ रुपौलियामा भूमिहीन सुकुमवासीले विरोध प्रदर्शन गरेका हुन् । सहभागीले 'बिनाविकल्प भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीका घरटहरा हटाउने काम बन्द गर', 'सुकुमवासीलाई भूमिको अधिकार सुनिश्चित गर' भन्दै नाराबाजी गरेका थिए ।
सुस्ताका विभिन्न स्थानमा प्रदर्शनसहित र्याली निकालेपछि कोणसभामा परिणत भएको भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समितिका जिल्ला संयोजक चुडामणि भण्डारीले बताए । करिब ५ दशकदेखि बस्दै आएको, जग्गा बाढीले बगाएर आवासविहीन भएका नागरिकलाई सुकुमवासीको नाममा राज्यले दमन गर्दै हटाउन लागेकोप्रति सहभागीले आक्रोश व्यक्त गरेका थिए ।
जिल्लाका विभिन्न स्थानमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारले घरटहरा भत्काउने होकि भन्ने जोखिम रहेको भन्दै राज्यले उचित प्रबन्ध गर्नुपर्ने माग राखेका छ्न् ।
