राजीनामा-पत्रमा जिल्ला सचिव धीरज शर्मा बस्यालले आत्मसम्मान, वैचारिक निष्ठा र राजनैतिक मूल्य–मान्यतालाई जोगाउँदै अघि बढ्न पार्टी छाडेको जनाएका छन् ।
नवलपरासी — नेकपा एमाले पश्चिम नवलपरासीका जिल्ला सचिव धीरज शर्मा बस्यालले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
बर्दघाट नगरपालिकाका पूर्वप्रमुखसमेत रहेका शर्माले एमाले जिल्ला अध्यक्षलाई सम्बोधन गरेर लेखेको पत्रमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी सबै जिम्मेवारी परित्याग गरेको उल्लेख छ ।
राजीनामा-पत्रमा जिल्ला सचिव शर्माले आत्मसम्मान, वैचारिक निष्ठा र राजनैतिक मूल्य–मान्यतालाई जोगाउँदै अघि बढ्न पार्टी छाडेको जनाएका छन् । गत संसदीय निर्वाचनपछि शर्मा पार्टीमा निष्क्रियजस्तै थिए ।
