वन कार्यालयको अतिक्रमण खाली गर्ने सूचनाविरुद्ध बर्दियाका सुकुमवासीको प्रदर्शन

संयुक्त भूमि अधिकार संर्घष समिति बर्दियाको आह्वानमा सोमबार जिल्लाका आठ वटै स्थानीय तहमा प्रदर्शन गरेका हुन् ।

वैशाख २८, २०८३

कमल पन्थी

Sukum residents of Bardiya protest against forest office's notice to vacate encroachment

बर्दिया — डिभिजन वन कार्यालयले जारी गरेको अतिक्रमण खाली गर्ने सूचना फिर्ता लिन माग गर्दै बर्दियाका भूमिहीन सुकमवासीले प्रदर्शन गरेका छन् ।

संयुक्त भूमि अधिकार संर्घष समिति बर्दियाको आह्वानमा सोमबार जिल्लाका आठ वटै स्थानीय तहमा प्रदर्शन गरेका हुन् । उनीहरुले डिभिजन वन कार्यालयले वैशाख १४ मा जारी गरेको १५ दिने सूचना फिर्ता लिन माग गरेका छन् । वन कार्यालयको जारी गरेको अतिक्रमित क्षेत्र खाली गर्ने १५ दिने सूचनाको म्याद सोमबार सकिँदै छ । 

संयुक्त भुमि अधिकार संर्घष समितिको आयोजनामा मुक्तकमैया भूमि अधिकार संर्घष समिति, भूमि अधिकार तथा श्रमिक संगठन नेपाल, अखिल नेपाल सुकुमवासी संगठन र राष्ट्रिय भूमि अधिकार मञ्चले संयुक्त रुपमा गरेको प्रदर्शनमा चर्को गर्मीमा संख्यामा सुकुमवासी र मुक्तकमैया सहभागी भएका थिए । 

उनीहरुले भूमिहीन, दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई बसोबास गरिएकै स्थानमा व्यवस्थापन गरिनुपर्ने माग राख्दै आएका छन् । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully