मकै बारीबाट चितुवा नियन्त्रणमा

चितुवा दिनहुँ गाउँबस्ती र मकै बारीमा आउने गरेको जानकारी वन प्रशासनलाई स्थानीयले गराएका थिए ।

वैशाख २७, २०८३

कमल पन्थी

Leopards controlled from corn fields

बर्दिया — डिभिजन वन कार्यालय अन्तर्गत बारबर्दिया नगरपालिका–१ शैलाहाफाटा फाँटा नजिक मकै बारीमा पसेको पोथी चितुवा नियन्त्रणमा लिएको छ । चितुवा दिनहुँ गाउँबस्ती र मकै बारीमा आउने गरेको जानकारी वन प्रशासनलाई स्थानीयले गराएका थिए ।

अथक प्रयासपछि चितुवालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ सहायक वन अधिकृत राम गोपाल चौधरीले बताए । चितुवा नियन्त्रणमा लिने क्रममा एक जना वन रक्षक सामान्य घाइते भएका छन् । 

गत साउनदेखि हालसम्म चितुवाले बर्दियामा ११ जनाको ज्यान लिएको वरिष्ठ सहायक वन अधिकृत चौधरीले जनाए । सोही अवधिमा चितुवाको आक्रमणमा १५ जना घाइते भइसकेका छन् । डिभिजन वन कार्यालय, बर्दियाले गत साउन यता ८ वटा समस्याग्रस्त चितुवा नियन्त्रणमा लिइसकेको छ । तीमध्ये घाइते अवस्थाका २ वटा चितुवाको मृत्यु भएको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully