पश्चिम नवलपरासीका मिटरव्याजपीडितद्वारा प्रदर्शन र धर्ना

मिटरव्याजपीडितको समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराउन धर्नासहित प्रदर्शन गरेका हुन् ।

वैशाख २१, २०८३

नवीन पौडेल

Demonstration and sit-in by meter interest rate victims in West Nawalparasi

परासी — मिटरव्याज र अनुचित लेनदेन पीडितले जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा धर्नासहित प्रदर्शन गरेका छ्न् । 

मिटरव्याजपीडितको समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराउन धर्नासहित प्रदर्शन गरेका हुन् । 

 मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन नवलपरासीको आयोजनामा  भएको प्रदर्शनमा मिटरव्याजपीडितले 'नक्कली तमसुक बनाउने साहुलाई कारबाही गर्, गुमेको सम्पत्ती फिर्ता गर् र पीडितलाई न्याय दे' भन्दै नाराबाजी गरेका थिए । 

प्रदर्शनपछि प्रमुख जिल्ला अधिलारी दीपक नेपाललाई ज्ञापनपत्र बुझाउँदै नयाँ सरकारले तत्कालै पीडितलाई न्याय र पीडकलाई कारबाही नगरेमा आन्दोलनमा उत्रिने भन्दै ज्ञापनपत्र बुझाएको प्रदर्शनकारीले बताए  ।

यसअगाडिको सरकारले आश्वासन मात्र दिएको र अहिलेको नयाँ सरकारले पनि पीडितलाई न्याय दिनका लागि चासो नदिएको मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन नवलपरासीका अध्यक्ष कुलबहादुर थापाले बताए । पश्चिम नवलपरासीमा २ हजार बढी मिटरव्याज र अनुचित लेनदेनका निवेदन परेका छन् ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully