पोख्रेलले जिल्ला पार्टी उपसभापति विक्रम यादवलाई सम्बोधन गरेर राजिनामा दिएका हुन् । उनको राजीनामा पछि जिल्लामा कार्यवहाक सभापति को हुने भन्नेमा हानथाप सुरु भएको छ ।
नवलपरासी — कांग्रेस नवलपरासी पश्चिमका सभापति अर्जुन पोख्रेलले राजीनामा दिएका छन् ।
१४औं महाधिवेशनबाट जिल्ला सभापतिमा अत्यधिक मतले विजयी भएका पोख्रेलले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका हुन् । 'म गत संसदीय निर्वाचनमा पनि धेरै सक्रिय हुन सकिन, अहिले केन्द्रले नै गाउँगाउँमा जरा अभियान सुरु गरेको छ । त्यसमा पनि सक्रिय बन्न स्वास्थ्यले साथ दिएन । त्यसैले राजीनामा दिए,' पोख्रेलले टेलिफोनमा भने ।
पोख्रेलले जिल्ला पार्टी उपसभापति विक्रम यादवलाई सम्बोधन गरेर राजिनामा दिएका हुन् । उनको राजीनामा पछि जिल्लामा कार्यवहाक सभापति को हुने भन्नेमा हानथाप सुरु भएको छ । यादवले भने 'मेरो समक्ष राजीनामा दिनुभएका कारण कार्यवहाक त मै हुन पर्ने हो । तर, म कांग्रेसको महासमिति सदस्य होइन ।' कांग्रेसमा जिल्ला सभापति हुन महासमिति सदस्य समेत हुनुपर्ने नियम छ । गत फागुनमा कांग्रेसवाट क्षेत्र नम्बर २ मा संसदीय निर्वाचनमा पराजित नेता भीमबहादुर थापा (भरत) कार्यवहाक सभापति हुने दौडधुपमा लागेका छन् ।
थापाले भने, 'मलाई जिल्ला कार्यसमितिका सबै साथीहरूले हस्ताक्षर नै गरेर सभापतिको जिम्मवारी लिइदिनु पर्यो भन्नु भएको छ । पार्टीका दुवै उपसभापति, जिल्ला सचिव उमेश यादव र केन्द्रीय सदस्य राधेश्याम पाठक र बहुमत सदस्यले समेत हस्ताक्षर गरेर तत्काल काम चलाउ जिल्ला सभापति भएर काम गर्न अनुरोध गर्नु भएको छ ।' उनले जिल्लाको अवस्थाका बारेमा केन्द्रीय सभापति गगन थापालाई जानकारी गराएको सुनाए ।
