लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन वैशाख १७ देखि

प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले सरकारको सिफारिसमा वैशाख १७ गते दिउँसो १ बजे बस्नेगरी आठौं अधिवेशन आहृवान गरेका हुन् ।

वैशाख १४, २०८३

घनश्याम गौतम

Lumbini Provincial Assembly budget session to begin from April 17

बुटवल — लुम्बिनी प्रदेशसभाको आठौं (वर्षे) अधिवेशन आहृवान भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले सरकारको सिफारिसमा वैशाख १७ गते दिउँसो १ बजे बस्नेगरी आठौं अधिवेशन आहृवान गरेका हुन् । 

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सोमबार सूचना सार्वजनिक गर्दै संविधानको धारा १६६ को उपधारा (२) र धारा १८३ को उपधारा (१) बमोजिम बैठक आहृवान भएको जनाएका छन् । 

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन ४ वटा विधेयक पारित गर्दै वैशाख १० देखि अन्त्य भएको थियो । प्रदेशसभाको सातौं अधिवेशनमा १६ वटा बैठक बसेका थिए ।

आठौं अधिवेशनले आगामी वर्षको सरकारको नीति तथा कार्यक्रम, बजेट तर्जुमा र पारित गर्नेछ । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully